काठमाडौँ– चर्चित गायिका शशिकला मोक्तानको एकल स्वरमा ‘नाचिन्छ नाचिन्छ’ बोलको नयाँ सेलो गीत सार्वजानिक भएको छ। बिनय लामाको शब्द /संगीत रहेको गीतमा पवनवाङ लामाले संगीत संयोजन गरेका छन्।
हेरुका लामाले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोमा छिरिङ लामा र वर्षा थिङको मुख्य अभिनय रहेको छ। एसके महर्जनले छायाँकन गरेको भिडियोलाई दिलिप योञ्जनले सम्पादन गरेका हुन्। भिडियोलाई काठमाडौँमा एक औपचारिक कार्यक्रम गरी सार्वजनिक गरिएको हो।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/OBeLqm2L9gM