काठमाडौँ– चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रमा योगदान पुर्याएका १० जना चलचित्रकर्मीलाई सम्मान गर्ने घोषणा गरेको छ। चलचित्र बोर्डले बुधवार एक विज्ञप्ति जारी गर्दै आउँदो असार १६ गते १९औँ वार्षिकोत्सवको अवसर पारेर १० जनालाई सम्मान गर्ने भएको हो।
विज्ञप्तिमा भनिएअनुसार स्थापनाकालदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा योगदान पुर्याएका १० जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी विशेष योगदान सम्मान–२०७६’ बाट सम्मानित गरिने भएको छ।’
यस्तो सम्मानले चलचित्र क्षेत्रमा योगदान पुर्याएका चलचित्रकर्मीलाई प्रोत्साहन मिल्ने बोर्डको विश्वास रहेको छ। तर कोको कलाकारलाई सम्मान गर्ने भन्ने अझै टुङ्गो लागेको छैन। चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहालको संयोजकत्वमा सम्मानित व्यक्तिहरूको चयन कार्य शुरू गरिएको बोर्डले जनाएको छ।