काठमाडौँ– चर्चित संगीतकर्मी बसन्त सापकोटाको स्वरमा ‘सम्बन्ध’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा बसन्तसँगै एलिना चौहान, सुजता बर्मा र बेनिशा पौडेलले साथ दिएका छन्।
गीतको शब्द स्वप्निल बरालको रहेको छ भने संगीत बसन्त सापकोटाको नै रहेको छ। शान थापाको निर्देशनमा तयार भएको भिडियोमा बसन्त, एलिना, सुजता र बेनिशाको मुख्य अभिनय रहेको छ। अर्जुन तिवारी र टिमले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।
भिडियाे हेर्नुहाेसः
https://youtu.be/1jFYugZpgWs