काठमाडौँ– निकै चर्चा कमाएको ‘साईली’ गीतपश्चात गायक हेमन्त रानाको अर्को नयाँ गीत ‘माया बस्यो है’ सार्वजनिक भएको छ। गायक रानाकै शब्द /संगीत रहेको गीतलाई विशाल पौडेलले एरेन्ज गरेका हुन्।
भिडियोमा हेमन्त राना, किरण चाम्लिङ राई र मेघा प्रधानको अभिनय रहेको छ। साथै, भिडियोमा दयाहाङ राईको उपस्थिति विशेष रहेको पाइन्छ। हेमन्त राना र किरण चाम्लिङ राईको निर्देशनमा तयार भएको भिडियोलाई लवेश श्रेष्ठले सम्पादन गरेका हुन् भने रुबिन प्रधानको छायाँकन रहेको छ।
भिडियाे हेर्नुहाेस्:
https://youtu.be/Mn89xnyBt1g