काठमाडौँ– बालबालिकामा केन्द्रित गायन रियालिटी शो ‘लैबरी सिङ्गिङ स्टार’को चौथो सिजन हुने भएको छ। बालबालिकाको गायन प्रतिभामा निखारता ल्याउन र आत्मविश्वास विकासका लागि ‘लैबरी सिङ्गिङ स्टार’ को आयोजना गर्ने भएको हो।
प्रतियोगिताका लागि आयोजक सनसाइन प्रोडक्शन हाउसले नुवाकोट, धादिङ र काठमाडौँमा अडिसन सम्पन्न गरिसकेको छ। आगामी अडिसनहरु असार २८ गते चितवनमा र असार १४ गते सोलुखुम्बुमा हुने आयोजकले जानकारी दिएको छ।
‘लैबरी सिङ्गिङ स्टार’ सिजन ४ मा गायक नारायण लामा, गायक राज सिग्देल र गायिका प्रमिला तामाङ प्रमुख निर्णायकको रूपमा रहनेछन्। साथै, विजेताले नगद २ लाख प्राप्त गर्नेछन्।