काठमाडौँ - संगीतकार हरि लम्सालको स्वरमा ‘सेतो कात्रोमा गोजी हुँदैन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। कल्पना खरेलको शब्द रहेको गीतमा लम्सालले नै संगीत भरेका छन्।
‘जाने दिन देउता पनि दायाँ हुँदैन’ ‘मृत्यु पछि यहाँ खोजी हुँदैन’ ‘आउने कालको रुप हुँदैन नलगेसम्म उ चुप हुँदैन’ भन्ने शब्द रहेकाे मृत्यु सत्य भएको भन्दै जन्मदेखि मृत्युसम्म गरिने अनावश्यक कर्मप्रति गीतले सचेत गराउन खोजेको छ। केही समयअगाडि सार्वजनिक भएको ‘परानै दिन्छु’ बोलकोे गीतबाट उनले लोकप्रियता पाएका थिए।
भिडियाे हेर्नुहाेस्:
https://youtu.be/nl9ZxnJoQ5w