काठमाडौँ– प्रतिलिपि अधिकारसम्बन्धी उजुरी परेको गीत ‘गलबन्दी’का दुई पक्षले सहमति गरेका छन्। गीतका गायक, संगीतकार र गीतकार प्रकाश सपुत र लय मिलेको दाबी गर्ने गायक शम्भु राईबीच मंगलबार सहमति भएको हो।
उक्त गीतमा शम्भु राईको नाम संगीतकारका रूपमा राख्नेगरी सहमति भएको उनीहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ। प्रकाश सपुतको नाम भने ‘पुनः संगीत’मा रहनेछ। राईको देउसीभैलो गीत ‘आउ नाचौं साथी हो’सँग ‘गलबन्दी च्यातियो’काे लय मिलेको भन्दै प्रतिलिपि अधिकारकाे उजुरी परेको थियो।
सर्जक सपतुले संयोगवश मिल्न गएको बताउँदै आएका थिए भने राई चोरिएको भन्दै प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिन दिएका थिए। सहमतिपछि राईले उजुरी फिर्ता लिनेछन् भने सपुतले गीतमा राईको नाम थप गर्नेछन्। गीतको प्रतिलिपि अधिकार भने सपुतसँगै रहनेछ।
हेर्नुहोस् विज्ञप्ति: