काठमाडौँ - ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी)का उपाध्यक्ष गीता गुरुङ ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएकी छिन्। राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को छैटाैँ अधिवेशनमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले उनलाई सो अवार्ड प्रदान गरेका हुन्।
ठमेलको सडक र ढल व्यवस्थापनमा स्थानीयसँग सहकार्य गरेर काम गर्दै आएकी गीताले ठमेलका ४० भन्दा बढी सडक बालबालिकाहरूलाई बसोबास तथा अध्ययनको बन्दोबस्त समेत मिलाइदिएकी छिन्।
कार्यक्रममा पर्यटन व्यवसायी जगत गुरुङ, रामकुमार अधिकारी, रामकृष्ण तिमिल्सिना, मिङ्मा शेर्पा, माधवप्रकाश सुवेदी र सन्तलाल तामाङलाई पनि टुरिज्म अवार्ड प्रदान गरियो।