काठमाडौँ – नुवाकोटको किमताङ्लाई जन्मथलो र साउदी अरबलाई कर्मथलो बनाएका गायक आरबी लामाले पछिल्लो समय आफनो भाषा तथा संस्कृतिको रक्षा गर्दै गीत संगीतको क्षेत्रमा आफूलाई स्थापित गर्न लागि परेका छन्।
तामाङ भाषाका विभिन्न ८ वटा र नेपाली भाषाका ३ वटा गीतहरु रेकर्ड गरिसकेका गायक लामाले ३ वटा तामाङ भाषाका गीतमात्र सार्वजनिक गरेका छन्। सार्वजनिक भएका सीमसीम लाबा, किम्ताङ्ग स्योङ, कोशिङ रो गीतहरु तामाङ्ग भाषीहरुका बीच अत्यधिक लोकप्रिय बनेको छ।
‘सीमसीम लाबा’ अरु सबै गीतभन्दा पनि उत्कृष्ट रहेको छ। युवा अवस्थामा रसरंगमा रमाउने प्रेमजोडीहरुका प्रेममय भावहरुका बीचमा रहेका परिघटनामा आधारित गीत भएकोले पनि यो गीतको लोकप्रियता चुलिएको हो।
गीतको म्युजिक भिडियोमा मिस तामाङ २०१८ कि फस्ट रनरअप रन्जिता लामा, म्हेन्दामायाका चर्चित मोडेल याङछु तामाङको अभिनय रहेको छ। यसैगरी, मेहेन्दोमाया कि चर्चित गायिका मिना लामाको शब्दरसंगीत, राजु खडकाको एरेन्जिङ रहेको छ।