काठमाडौँ – गायक राज लिम्बूको स्वरमा ‘बुझिदेउ’ गीत सार्वजनिक भएको छ। लिम्बूको नै संगीत र शब्द रहेको गीतमा विश्व अधिकारीले एरेन्ज गरेका छन्। अजय रेग्मीले खिचेको उक्त गीतको भिडियोमा निरज, आशिक, लक्ष्मण चौलागाईं , सावित्री देवी गौतमको अभिनय रहेको छ। क्रान्ति केसीको सम्पादन र निर्देशनमा गीतको भिडियो तयार भएको छ।
विश्वभरमा फरक पहिचान बोकेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई हेरिने नजर र गरिने व्यवहार नकारात्मक छ। अझै पनि विनादोष प्राकृतिक रूपमा लिएको जन्मलाई लिएर समाजमा उनीहरुले तिरस्कृत र घृणित जिन्दगी जिउँदै आउनु परेको छ। फरक पहिचान बोकेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पनि आफूले चाहेको जस्तो जिन्दगी सम्मानसँग बाँच्न पाउनुपर्छ भन्ने सामाजिक सन्देश यस ‘बुझिदेउ’ को म्युजिक भिडियोले उजागर गरेको छ।
भिडियाे हेर्नुहाेस्:
https://youtu.be/_fDNxF58p0I