काठमाडौ–माध्यमिक शिक्षा परीक्षा ‘एसईई’को नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बिहीबार दिउँसो सुरु भएको छ । कार्यालयले नतिजा प्रकाशनको लागि बोर्डको बैठक बोलाएको हो ।
बोर्डको बैठक पछाडि आज एसईईको नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका उपनियन्त्रक चेतनाथ शर्माले बताए ।
बुधबार नतिजा सार्वजनिक गर्ने भनिएको थियो तर प्राविधिक त्रुटिका कारण बिहीबार नतिजा प्रकाशन गर्न लागिएको हो ।