काठमाडैँ– यस वर्ष एसईई परीक्षा दिएकी सांसद शान्ता चौधरी बी ग्रेडसहित उत्तीर्ण भएकी छन् । बिहीबार सार्वजनिक भएको नतिजाअनुसार उनले २.६५ जीपीए ल्याएकी हुन् ।
यसै वर्ष परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छन् । आफ्नो छोराले टेलिफोन गरेर नतिजा जानकारी दिएको उनले बताइन् ।
उनले अब उच्च शिक्षा अध्ययन गर्ने बताएकी छन् ।