काठमाडौँ – अभिनेत्री एवं पत्रकार कृति भट्टराई वैवाहिक बन्धनमा बाँधिएकी छन्। उनी बुधबार रोहित पौडेलसँग लगन गाँठोमा कसिएकी हुन्। विश्वास, उपहार, उनको सम्झनामा जस्ता फिल्ममा अभिनय गरेकी अभिनेत्री कृतिले रोहित पौडेलसँग दोस्रो विवाह गरेकी हुन्।
उनीहरुले बुधबार दरबारमार्गस्थित लक्ष्मी नारायणको मन्दिरमा हिन्दू परम्पराअनुसार विवाह गरेका हुन्। लामो समयदेखि प्रेममा रहेका रोहित र कृतिले प्रेम विवाह गरेका हुन्। रोहित पेशाले इन्जिनियर हुन्।
त्यस्तै नेपाल टेलिभिजनबाट प्रशारण हुने टेलिसिरियल ‘गहना’, ‘कसलाई आफ्नो भनुँ’ जस्ता सिरियलमा पनि काम गरेकी थिईन्। सञ्चारकर्मी तथा निर्देशक रवि श्रेष्ठसँग डिभोर्स भएपछि एक्लो भएकी कृतिले केही महिनायता नयाँ बानेश्वर थापागाउँमा अर्गानिक एस्प्रेसो कफी सप सञ्चालन गर्दै आएकी छिन्।