काठमाडौँ - स्कुल, क्याम्पस वा विश्वविद्यालयले लिने परिक्षाहरूमा सफल र असफल हुनुको महत्व आफ्नो स्थानमा छ। मानिसको जिन्दगीमा उल्लेखित परिक्षा नै सम्पूर्ण होइनन्। जिन्दगीका प्रत्येक पाइलामा समयले परिक्षा लिइरहेको हुन्छ।
स्कुलको आँगन नटेकेका व्यक्ति वैज्ञानिक भएका छन्। विश्वलाई ठूलो गुन लगाएका छन्। उल्लेखित बाहेक जिन्दगीको परिक्षामा सफल हुने मानिसहरू धेरै छन्। हालैको एक उदाहरणको रुपमा सांसद शान्ता चौधरीलाई लिन सकिन्छ। उनी पहिले सांसद, नेकपाकी सचेतक भएर पछि एसईई पास गरिन्। परिक्षामा सफल भएको खण्डमा प्राय मानिस खुशी हुन्छन्।
तर, उनै नेकपाकी सांसद तथा सचेतक रहेकी शान्ता चौधरीले एसईईको नतिजा आउँदा मन भारी भएको बताएकी छन्। एसईई परीक्षामा बी ग्रेड ल्याएर उत्तीर्ण भएकी चौधरीले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बाल्यकालको सपना आफ्ना सन्तान र उनीहरुका उमेरकासँग भए पनि पूरा गर्न पाउँदा खुशी लागेकोको उल्लेख गरेकी हुन्।
दाङको तुलसीपुरस्थित तुलसीपुर माध्यामिक विद्यालयबाट परीक्षा दिउकी शान्ता बी ग्रेडमा उत्तीर्ण भएकी हुन्। २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएकी थिइन्। उनी खुला विद्यालयमा भर्ना भएकी थिइन्। चौधरी २०६४ को पहिलो संविधानसभामा पनि तत्कालीन एमालेको कोटाबाट समानुपातिक सांसद बनेकी थिइन्।
यस्तै चौधरीसँगै एसईई दिएकी उनकी छोरीले बी प्लस ग्रेड ल्याइन्। अध्ययनमा पूरा समय दिन नपाएकाले परिणामसँग पूर्ण सन्तुष्ट भने हुन नसकेको उनले उल्लेख गरेकी छन्। उनले अघिको पढाईलाई निरन्तरता दिने पनि उल्लेख गरेकी छन्।
उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेकी छिन्,‘