काठमाडौँ – डिजिटल बजारमा केही दिनअघि सेन्टिमेन्टल भर्सनको ‘दिल तोडेर गयौँ’ बोलको गीत सार्वजनिक भएको छ। यस गीतमा स्वर जगदिश समालको रहेको छ भने शब्द सुरेन्द्र थेगिमको रहेको छ।
संगीत नारायण सुवेदी ‘आभास’ को रहेको छ भने गीतको म्युजिक एरेन्ज्मेन्ट फणिन्द्र राईले गरेका हुन्। प्रेम बिछोडको भावमा प्रस्तुत गरिएको यस भिडियोमा नायिका बर्षा राउत र नायक आकाश श्रेष्ठलाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ।
साथमा मोडेल निराजन प्रधानलाई बर्षाको श्रीमानका रूपमा देखाइएको छ। बुद्ध थापाले खिचेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन भने निकेश खड्काको निर्देशनमा भिडियाे तयार भएकोे छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/_BRjbRusLPU