काठमाडौँ – नौँ जना लोक गायक तथा गायिकाको स्वरमा ‘लाग्यो असार’ लोक गीत सार्वजनिक भएको छ। जसमा पुरुषतर्फ चर्चित लोकगायकहरु नवराज घोरासैनी, उद्धव कार्की, प्रभावन जे., शरण हुँमागाई, विवेक चौलागाई, जिवन वडुको स्वर रहेको छ भने महिलातर्फ चर्चित लोकगायिका पार्वती कार्की, सपना कुँवर र मिङमा लामाको स्वर रहेको छ।
गीतमा प्रभावन जे. को शब्द तथा संगीत संयोजन रहेको छ। हिरुका लामाको निर्देशनमा तयार भएको गीतमा सरोज दाहाल, योगनाथ दाहाल, रश्मि भट्ट, विवेक चौलागाई, आर्या बस्नेत लगायतको अभिनय रहेको छ। गीतमा नविन भट्टकोे सम्पादन रहेको छ भने रोनिशा तामाङको छायाँकन रहेको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/8YGcXyGvuaI