काठमाडौँ – अन्तर्राष्ट्रिय ब्युटी प्याजेन्ट ‘मिस्टर एण्ड मिस टुरिज्म एम्बास्डर युनिभर्स २०१९’ मा नेपालीसमेत सहभागिता हुने भएका छन्। कार्यक्रममा नेपालबाट विनायकराज पोखरेल र सपना भण्डारी सहभागी हुने भएका छन्।
जुलाई १ देखि जुलाई ७ तारिखसम्म चल्ने सो कार्यक्रम लिकास स्क्वायर अपार्टमेन्ट होटल कोटा किनाबालु सबाह मलेशियामा हुने भएको छ।