काठमाडौँ – नेपाली फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक भएको छ। राम बाबु गुरुङले निर्देशन गरेको उक्त फिल्ममा चर्चित नायक दयाहाङ राई, नायिका उपसना सिंह ठकुरीको मुख्य अभिनय रहेको छ। साथै, रिश्मा गुरुङ, बिनय बराल, कर्मा, विल्शन विक्रम राई, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ।
फिल्ममा राम बाबु गुरुङ र उपेन्द्र सुब्बाको पटकथा रहेको छ भने निर्मातामा मनिराम पोख्रेल, अर्जुन कार्की र ओम चन्द रौनियार रहेका छन्। त्यसैगरी सुरेन्द्र पौडेलले सम्पादन गरेको फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन रहेको छ।
बासुरी फिल्म प्रोडक्सनमा निर्माण भएको फिल्म आगामी भदौ ३० गतेदेखि देशभरि नै प्रदर्शनमा आउने भएको छ। फिल्मको टिजरमा हिमाली भेगको कथावस्तुलाई समेटिएको पाइन्छ।
भिडियाे हेर्नुहाेस्:
https://youtu.be/EESKBxYmtwY