काठमाडौँ – हिन्दू नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै गीत बजारमा निकाल्ने क्रम बढ्दो छ। यसै क्रममा गायिका तथा राष्ट्रिय सभाका सांसद कोमल ओलीले पनि नयाँ तीज गीत बजारमा ल्याएकी छन्।
चर्चित लोक गायिका तथा सांसद कोमल ओलीको स्वरमा ‘छड्के तिलहरी’ बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ। ओलीलाई उनकी बहिनी प्रज्ञा ओली (शरद)ले साथ दिएकी छन्। पवित्रा आचार्यको निर्देशन रहेको भिडियोमा कोमल ओलीका दुई दिदीबहिनीको मुख्य अभिनय रहेको छ। भिडियोमा दुवै दिदीबहिनीबीच हुने प्रेम प्रस्तुत गरिएको छ। एकनारायण भण्डारीको शब्द /संगीत रहेको गीतको भिडियोमा रामेश्वर कार्कीको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/8G11UYOOZFA