काठमाडौँ – चर्चित गायिका उषा मलाहा र गायक सुसन साम्सोहाङ लिम्बुको स्वरमा ‘झापाको सुपारी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।
गायिका मलाहाकै शब्द रहेको गीतमा विकास चौधरीले संगीत भरेका छन्। सान थापाको निर्देशनमा तयार भएको भिडियोमा मोडल अन्जली अधिकारी र गायक सुरेन साम्सोहाङको मुख्य अभिनय रहेको छ। सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।
भिडियाे हेर्नुहाेसः
https://youtu.be/IpnORSKy74I