काठमाडौँ – डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा हाल भइरहेको उपाध्यक्ष नियुक्ति प्रक्रिया अगाडि नबढाउन माग गरेका छन्।
उक्त प्रक्रियालाई तत्काल रोक्न माग गरेका डा.केसीले आयोगको उपाध्यक्ष कसैलाई जागिर खुवाउने वा कसैको स्वार्थपूर्तिभन्दा बढी संवेदनशील कुरा रहेको बताएका छन्। उनले योग्य मान्छे खोजेर स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।
साथै उनले मिडिया काउन्सिल ऐन, सूचना प्रविधि ऐन र राष्ट्रिय मानव अधिकारसम्बन्धी ऐन खारेज गर्न पनि माग गरेका छन्।