काठमाडौँ – चर्चित गायिका योजना पुरी र वीरेन्द्र श्रेष्ठको स्वरमा ‘आउन माया’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। अम्बिका गुरुङको शब्द रचना रहेको गीतमा दीपक शर्माले संगीत भरेका छन् भने नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ। निशान घिमिरेको निर्देशनमा तयार भएको उक्त भिडियोमा पुष्प खड्का र शृष्टि खड्काको मुख्य अभिनय रहेको छ।
सुरेन बस्यालको कोरियोग्राफी रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ। भिडियोमा बाल कलाकार आयुस र अंशु गुरागाईंको समेत आकर्षक नृत्य समावेश गरिएको छ।
भिडियाे हेर्नुहाेसः
https://youtu.be/jCIjBNpcfXQ