काठमाडौँ – भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत’ प्रतियोगिताको उपाधि जितेकी छन्। झापाको मेचीनगर नगरपालिका– ५, नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिन्दै उपाधि हाँसिल गरेकी हुन्।
यही असार २० गते शुक्रबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजना भएको ‘मिस टीन भारत’को उपाधि विजेता थापा निशा थापा र पदम थापामगरको दुई छोरीमध्ये उनी जेठी हुन्। उनले काँकरभिट्टा क्याम्पसबाट भर्खरै कक्षा १२ को परीक्षा दिएकी छन्।
निकिताले ‘मिस टीन भारत’को उपाधिसँगै एक लाख भारतीय रुपैँया नगद पुरस्कार जितेकी छन्।