काठमाडौँ - कमानधोज लावतीको स्वरमा ‘स्टारफेरि’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा हङकङका विभिन्न सुन्दर दृश्यहरू देख्न सकिन्छ। शक्तिम योङ्याको शब्द/संगीत रहेको गीतमा रेश्मा सम्बाहाम्फे र असन पाङमा लिम्बूको अभिनय रहेको छ।
गीतलाई अनिलकुमार महर्जनले सम्पादन गरेका हुन्। युगल पोमोको निर्देशनमा तयार भएको भिडियोमा दुई प्रेमीप्रेमिका बीचको मायालाई देखाइएको छ। भिडियोको छायाँकन बिक्रम गुरुङले गरेका हुन्। भिडियोलाई युमा आर्टसको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/K6yNpyN7aqI