काठमाडौँ – गायक, संगीतकार एवं रचनाकार बासुदेव केसीको स्वरमा ‘ओ प्रिय’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। केसीले आफ्नो पहिलो एल्बम ‘राईजिङ्ग सन’ मा रहेको एक गीतको भिडियो सार्वजनिक गरेका हुन्।
चर्चित कोरियोग्राफर तथा डान्सर राहुल शाहको निर्देशनमा तयार भएको भिडियोमा अरुण क्षेत्री र आँचल शर्माको मुख्य अभिनय छ। भिडियोमा सम्पादन तथा छायांकन पवन सुस्लिङ्गको रहेको छ भने मोहित मुनालको एरेञ्ज रहेको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/QuxcDNMkLGY