काठमाडौँ – फिल्म ‘रातो गलबन्दी’ को पोस्टरसँगै शीर्ष गीत ‘रातो गल्बन्दी’ सार्वजनिक भएको छ। फस्टलुक पोस्टरसँगै सार्वजनिक गरिएको गीतमा राजेश पायल राई र श्रेया राईको स्वर रहेको छ। लोकराज अधिकारीको शब्द रहेको गीतमा बिनोद खम्बुले संगीत भरेका छन्।
बन्दे प्रसादको सम्पादन रहेको गीतमा फिल्मका मुख्य कलाकार केकी अधिकारी र कोसिस क्षेत्रीको मुख्य अभिनय रहेको छ। गीतमा गोविन्द राईको कोरियोग्राफी रहेको छ।
साउन १७ गतेबाट प्रदर्शनमा आउने फिल्म अनिश थापाले निर्देशन गरेका हुन्। उनको यो डेब्यू फिल्म हो। फिल्ममा बासुदेव घिमिरे, अमृता मगैराम र कृष्ण घिमिरे सह–निर्माता तथा प्रकाश दुलाल कार्यकारी निर्माता छन्। सुमन तामाङले फिल्मको छायाँकन गरेका हुन्।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/68j1r84dcqw