काठमाडौँ– नेपाली गीत संगीतबाट चर्चित गायक कमल रसाइली र गायिका मेलिना राईको ‘एनी प्रोब्लम’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। टेकु क्षेत्रीको शब्द रहेको गीतमा हरि लम्सालले संगीत भरेका छन्। ‘दि कार्टुन क्रु’ले तयार पारेको भिडियोमा कार्टुन क्रुको टिमलाई नै देख्न सकिन्छ।
सरोज अधिकारीको निर्देशनमा तयार भएको भिडियोमा आश्मा विश्वकर्मा र सुविन चौहानको कोरियोग्राफी रहेको छ। यो भिडियोको टिमले कभर भिडियो प्रतिस्पर्धासमेत आयोजना गरेको छ। प्रतिस्पर्धाका लागि सेप्टेम्बर ३ सम्म भिडियो तयार पारेर पठाउन सकिनेछ। यस्तै, नोभेम्बर १५ मा भने कभर भिडियोको नतिजा सार्वजनिक गरिने बताइएको छ। विजेताले ५० हजार नगद र दि कार्टुन क्रु जुनियरसँग नयाँ भिडियोमा नृत्य गर्न पाउने बताइएको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/cxwzKXipfEk