काठमाडौँ, ३ माघ – बलिउडकी ‘हाइएस्ट पेड एक्ट्रेसेस’को लिस्टमा नाम कमाएकी नायिका हुन्– दीपिका पादुकोण। चलचित्र ‘पद्मावत’मा उनले नायक शाहिद कपुर र रणवीर सिंहभन्दा बढी पारिश्रमिक बुझेकी थिइन्।
त्यस्तै बुधबार एक इभेन्ट्समा दीपिकाले पुरुष–महिलाबीचको असमानताबारे आफ्नो विचार राख्दै ‘को–एक्टर’भन्दा कम पारिश्रमिक मिलेका कारण एक चलचित्र छाडेकोसमेत खुलासा गरिन्। आफूलाई आफ्नो ट्र्याक र कुन चिजको लायक रहेको भन्ने थाहा भएको उनले बताइन्।
बलिउडमा वर्षौंदेखि नै ‘मेल र फिमेल एक्टर्स’को पारिश्रमिकमा अन्तर रहेको छ। एक्ट्रेसेसले यसविरुद्धमा आवाज उठाइसकेका छन्। दीपिका जेन्डरका आधारमा पारिश्रमिक निर्धारण हुनु गलत भन्दै उनले भनिन्, ‘जुन गर्न आवश्यक छ म त्यही गर्छु, आवश्यक परेको खण्डमा मैले फिल्मको अफरसमेत लत्याएको छु किनकि म रातमा शान्तिपूर्वक तरिकाले सुत्न चाहन्छु।’
‘म कुनै चलचित्रमा काम गर्दैछु भने ‘को–एक्टर’जस्तै मैले पनि त्यति नै योगदान र महत्व दिएकी हुन्छु। अनि म किन ‘अन्डरपेड’ बसुँ?’ दीपिकाले भनिन्। अब दीपिका विवाहपछि मेघना गुल्जारको चलचित्र ‘छापक’बाट पर्दामा फर्किंदै छिन्। उक्त चलचित्र ‘एसिड अट्याक सर्भाइभर’ लक्ष्मी अग्रवालको जिन्दगीमा आभारित छ।