काठमाडौँ – हास्य कलाकार हरिवंश आचार्यकोे स्वरमा ‘बुढो हुन मन छैन’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा आचार्यको नै शब्द रहेको छ।
आचार्यले बुढेसकालमा हुने समस्यालाई शब्दमा उतारेर गीत बनाएका हुन्। सुदन केसीको निर्देशनमा तयार भएको भिडियोमा आचार्यले नै अभिनय गरेका छन्। जीवनको एक अवधिको अवस्था चित्रण गरिएको यस गीतलाई आचार्यले अरु सामान्य गीतभन्दा छुट्टै ढङ्गले गाएका छन्। गीतको बीच-बीचमा संवाद पनि राखिएको छ। गीत महसञ्चारको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/WPtochkrKPs