काठमाडौँ – गायिका कविता श्रेष्ठको स्वरमा ‘नियतिको खेल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा यामु शर्माको शब्द रहेको छ। भोजराज प्रसाईको संगीत रहेको गीतमा कुमार श्रेष्ठको संगीत संयोजन रहेको छ।
शिल्पा पोखरेल, सुमित र योगिशाको अभिनय रहेको भिडियो नवराज उप्रेतीले छायांकन गरेका हुन्। आयुष क्षेत्रीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई अभिनास डिसिले सम्पादन गरेका हुन्।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/lIVDuaTAelM