काठमाडौँ – गायक उदित नारायण झाको स्वरमा ‘होशमा बेहोशी’ बोलको नयाँ नेपाली गीत सार्वजनिक भएको छ। विजय गौतमको शब्द/संगीत रहेको गीतमा गोपाल रसाईलिको संगीत संयोजन रहेको छ।
विजय गौतमलले निर्देशन तथा सम्पादन गरेको भिडियोमा नारायण झाका साथमा सत्याकृत ब्याण्डको फिर्चड रहेको छ।
गीत ‘श्री हजुर’ नामको महिमामा आधारित छ। गीतको भिडियो, रेकर्डिङ, मिक्सिङ, मास्टरीङ, सम्पूर्ण कार्य मुम्बईमा नै गरिएको हो। गीत सत्याकृत ब्याण्डको प्रस्तुतिमा निर्माण गरेको हो।