काठमाडौँ – साहित्यकार तुलसीप्रसाद भट्टराईको ‘समता’ खण्डकाव्य र गजल संग्रह ‘मञ्जरी’ मंगलबार एकैसाथ लोकार्पण भएको छ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वमन्त्री जितु गौतम, साहित्यकारहरु डम्बर पहाडी, तिलकप्रसाद लुईंटेल, रमेश शुभेच्छुक, श्याम केसी, कल्पना काफ्लेलगायतले संयुक्त रुपमा लोकार्पण गरेका थिए।
भट्टराईले खण्डकाव्य ‘समता’ मा छुवाछुतलाई अपराधको रुपमा उल्लेख गरेका छन् भने गजल ‘मञ्जरी’मा सामाजिक कुसंस्कार, राजनीतिक विचलनसँग सम्बन्धित ५८ वटा गजल समावेस गरिएको छ।
‘समता’ र ‘मञ्जरी’ नामक खण्डकाव्यले सिँगो समाजको प्रतिनिधित्व गर्ने कार्यक्रमका कुलपति उप्रेतीले बताए। उनले ‘समता’ नामक खण्डकाव्यले हिन्दु धर्मले कथित दलित जातिलाई होच्याइरहने परम्परा गलत भएको पुष्टि गर्ने बताए। समालोचना गर्दै साहित्यकार तिलकप्रसाद उप्रेतीले यी कृतिमा सारा नेपालीले पढ्नै पर्ने ज्ञानको भण्डार भएको बताए।