काठमाडौँ – पाँचथर जिल्लामा जन्मिएका गायक जोन तुम्बापोको पहिलो गीत ‘कसले गर्दा’ सार्वजनिक भएको छ। गीतमा स्वर जोन तुम्बापो र स्वस्तिका प्रधानको रहेको भने गीतमा संगीत भर्ने काम गायक तथा संगीतकार तारा प्रकाश लिम्बुको गरेका छन्।
गीतको शब्द राम लावतीले लेखेका हुन् भने गीतको म्युजिक एरेञ्जमेन्ट नरेश श्रेष्ठले गरेका छन्। डान्सिङ भर्सनको म्युजिक भिडियोमा अतिश जैरु र रुपा घिसिङको अभिनय रहेको छ। दिवस गिरीको कोरियोग्राफी रहेको गीतको भिडियोमा विकाश धमलाले भिडियो सम्पादन गरेका हुन्। भुपेन्द्र तुम्बाहाम्फेले खिचेको गीतको भिडियोलाई उनैले निर्देशनसमेत गरेका हुन्।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/Ngg-PCM1yJU