काठमाडौँ – नेपाली संगीत जगत एकपछि अर्को चोरीको विवादमा मुछिँदै गएको छ। शम्भु राईले प्रकाश सपूतमाथि संगीत चोरीको आरोप लगाएको घटना सेलाउन नपाउँदै अर्का संगीतकारविरुद्ध उजुरी परेको छ।
पटक–पटक संगीत चोरीको आरोप झेलिरहेका संगीतकार कालीप्रसाद बाँस्कोटाविरुद्ध काठमाडौँ महानगरीय प्रहरी परिसर टेकुमा उजुरी परेको हो। संगीतकार बास्कोटाको ‘समाचार’ बोलको गीत ‘बुझाई देउन’ भन्नेबाट कपी गरेको आरोपमा उनलाई उजुरी परेको हो।
गायक तथा संगीतकार बिक्की महतले करिब १ वर्षअघि रेकर्ड गराएको गीत ‘समाचार’ सँग मिलेको दाबी गर्दै उजुरी दिएका हुन्। महतले बाँस्कोटसँग प्रतिलिपी अधिकारबारे छलफल गर्न चाहेको निवेदनमा जनाइएको छ। प्रहरीमा उजुरी गर्दा पनि उचित सुनुवाइ नभएपछि महत प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा पुगेर उजुरी दिएका छन्। यसअघि पनि बाँस्कोटामाथि ‘इन्स्टाको फोटो’ गीतको संगीत चोरी गरेर बनाएको आरोप लागेपछि उनी विवादमा तानिएका थिए।
उजुरी पत्र:
