काठमाडौँ – इलाम जिल्लाका ऐतिहासिक विषयवस्तुलाई समेटेर तयार गरिएको ‘इलाम हाम्रो गौरव’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। इलाम सदरमुकाम स्थापनाको दुई सय वर्ष पुगेको अवसरमा इलाम नगरपालिका साहित्य, कला, संगीत प्रतिष्ठानद्वारा निर्मित उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो।
प्राज्ञ तथा गीतकार कोमल निरौलाको शब्द रहेको गीतमा डेनी निरौलाले संगीत भरेका छन्। गीतको एरेन्ज कुमार थापाले गरेका हुन्। गीतमा डेनी निरौला, झुमा निरौला, जुना प्रसाईं, सर्मीला आचार्य, टीका प्रसाईं, कमल श्रेष्ठ र कृष्ण भट्टराईलगायतका कलाकारहरूले स्वर भरेका छन्।
इलामको दुई सय वर्षको गौरव त छँदै छ अझै दुई सय वर्ष यस गीतबाट इलाम बचाउन सकिन्छ भन्ने रचनाकार निरौलाको भनाइ रहेको छ। सुजन तिमल्सिनाको निर्देशनमा तयार भएको भिडियोमा स्थानीय कलाकारहरूको नै अभिनय रहेको छ।
सार्वजनिक सो गीतको म्यूजिक भिडियो शिखर प्रोडक्सन इलामले तयार पारेको हो। गीतको सम्पादन सन्दीप प्रधानले गरेका हुन्।
भिडियाे हेर्नुहाेसः
https://youtu.be/bQz78Zikt9o