कैलाली - जिल्लाको धनगढीमा हिजो साँझ बम विस्फोटमा परी घाइते भएका राम सिंहको मृत्यु भएको छ। हाम्रा सहकर्मी निदेश विष्टका अनुसार भरखरै सिंहको मृत्यु भएको छ। धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारत सिंहको मृत्यु भएको हो।
उक्त बम विष्फोडमा पाँच जना घाइते भएका थिए। प्रहरीका अनुसार बिहीबार साँझ धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार घाइतेहुनेहरूमा मृतक सिंह सहित केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेका छन्।
घाइतेहरूको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। अस्पताल पुर्याइएका घाइतेको शरीर जलेको छ। घटना स्थलमा पेस्तोलसमेत फेला परेको प्रहरीले जनाएको छ। घटनामा नेकपा विप्लवका कार्यकर्ताको संलग्नता रहेको प्रहरीको दाबी छ।