काठमाडौँ, ४ माघ – संगीतकार निम संगीतको ‘प्रेमको हत्यारा’ आधुनिक गीतिसंग्रह सार्वजनिक भएको छ। २०६० सालमा अमर प्रेम एल्बम् लिएर आएका निमले १५ वर्षपछि सिक्वेलमा ‘प्रेमको हत्यारा’ (अमर प्रेम–२) ल्याएका हुन्।
उनले यसअघि पनि विभिन्न सर्जकहरुका एल्बममा एकल संगीत दिएर क्रियाशील रहँदै आएका थिए। निमले आफ्नै लगानीको एल्बम् यो दोस्रो गीतलाई बताउँछन्।
निम संगीतले ‘म त मर्छु क्यारे तिमी धेरै वर्ष बाँच’ बोलको गीतबाट चर्चा बटुलेका थिए। हाल बजारमा आएको गीतिएल्बम् प्रेमको हत्याराबाट निकै आशावादी छन् उनी।
एल्बममा निमको एकल संगीत रहेको छ। ‘प्रेमको हत्यारा’ मेरो मृत्युको खबर, तारिफ गरुँ कसरी, हररातको सपनीमा, भुल गरेँ म त मर्छु क्यारे, तिम्रो घरमा, हाम्रो मायाजस्ता ८ वटा गीतहरु समावेश गरिएका छन्।
गीतमा सेञ्चुरी सुरेश घमाल, घनश्याम गौतम, लक्ष्मण पाण्डे, युगज्योति क्रियाशील, भास्कर काजी, निम संगीत, सनम अञ्जान र शरण सेञ्चुरीको शब्दमा रहेको छ।
जसमा आवाज दिएका छन्, चर्चित गायक प्रमोद खरेल, स्वरुपराज आचार्य, गगन सरगम, अञ्जु पन्त, शिव परियार, सुधारत्न, सुजन सरगम र रजिना रिमालले। यस एल्बमलाई अमरप्रेम म्युजिकले बजार प्रवर्द्धन गरेको छ।
https://youtu.be/gla74WQNLcc