काठमाडौँ – गायक अराज केशवको स्वरमा ‘प्रभु’ बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ। भिडियोमा अविवाहित पुरुषहरूले भगवान् शिवसँग सुयोग्य प्रेमिका माग्दै तीजमा व्रत बसेको कुरालाई देखाइएको छ। अराजकै शब्द/संगीत रहेको गीतमा शैलेन्द्रमान प्रधानले संगीत संयोजन गरेका छन्।
कलाकार बुद्धि तामाङका डुब्लिकेटको रूपमा चिनिएका कुमार तामाङ तीजमा व्रत बसेपछि दुईवटी युवतीको प्रेममा पर्छन्। जसका कारण अरु युवकलाई पनि तीजमा व्रत बस्न उत्साहित गर्छन्।
विक्रम चौहानको निर्देशन रहेको गीतमा एलिना ठकुरी, पुषु क्षेत्री, टिकाराम कुमार, काल भैरव, माधव श्रेष्ठ, मोहन सुनवार, आर्यन मगर र मुकेश नेपालीको अभिनय रहेको छ। मिलन विश्वकर्माको सम्पादन गरेको गीतलाई प्रकाश कुमारले खिचेका हुन्।
भिडियाे हेर्नुहाेस्ः
https://www.youtube.com/watch?v=7fYfoDYyOxI