काठमाडाैं, ६ माघ – नायक राजेश हमाल एक समयका चचित्र क्षेत्रमा सर्वाधिक रुचाइएका र सफल अभिनेता हुन् । दर्शकबाट ‘महानायक’ को उपमा पाएका हमाल बच्चा देखि बुढापाकामा परिचित छन् । उनले करिब ३ सय बढी चलचित्रमा काम गरे ।
अभिनय र आफ्नो प्रसनालिटी दुबैका कारण दर्शकको मन जितेका हमाल पछिल्लो समय ठुलो पर्दाबाट केहि टाढा देखिन्छन्। चलचित्र ‘सकुन्तला’पछि दर्शकले हमालर्ला ठुलो पर्दामा देख्न पाएका छैनन्। आफु अभिनीत चलचित्रले सफलता नपाएपछि केही समय ब्रेक लिएको उनि बताउँछन्।
उमेरले ५० वर्ष नाघिसकेका हमालले आशा राखेका पछिल्ला चलचित्र‘सकुन्तला’र ‘बागमती’ बक्स अफिसमा असफल भएछि पर्दामा आएका छैनन्। अब केहि फरक ढङ्गले चलचित्रमा फर्किने उनको बिचार छ। उनलाई चलचित्रमा अफर नआएको खबर आइरहँदा उनले दिनहुँ चलचित्रको अफर आइरहेको बताउँछन्।
नायक हमालले भने,‘खासमा मैले समय सान्दर्भिक चलचित्र खोजिरहेको हुँ,खोजेजस्तो कथा पाएको खण्डमा केहि न केहि निर्णय लिनेछु।’चलचित्र नगरेपनि केहि चलचित्रको स्किृप्ट पढिरहेको उनले बताए। बलिउड अभिनेता अमिता बच्चनले आफ्नो चलचित्र लगातार असफल भएपछि १९९२ देखि १९९६ सम्म ब्रेक लिएका थिए। त्यहि कसरा स्मरण गर्दै हमाल भन्छन्,उहाँले केहि वर्ष आफुलाई चलचित्रबाट टाढा राखेर नयाँ ढंगबाट प्रस्तुत हुनुभयो, त्यस्तै किसिमले मैले पनि केहि फरक ढंगबाट चलचित्रमा फर्किने सोच बनाएको छु।’
हमालले चाँडै आफ्नै निर्माण र निर्देशनमा चलचित्र बनाउने कुरा पनि बताउदै आएका छन्। उनले बनाउन लागेको चलचित्रको बारेमा जानकारी दिँदै ‘स्क्रिप्टको मोटामोटी ड्राफ्ट बनिसकेको र त्यसलाई पुनः परिमार्जित गर्ने काम भइरहेको छ। एउटा दमदार चलचित्र ल्याएर पुनःदर्शकलाई नयाँ स्वाद चखाउने सोचमा छु।’
आफुलाई रिटायर्ड लाइफको बारेमा कहिल्यै नसोचेको बताउने हमालको व्यस्तता निकै बढ्दो छ। चलचित्र अभिनय गरिरहेकोे भन्दा बढी व्यस्त हमाल घरमा बस्न समेत पाउादैनन्। हमाल भन्छन्, ‘विदेशमा हुँदा उतै व्यस्त नेपालमा हुँदा विभिन्न मिटिङले फुर्सद हुँदैन, अहिले झन व्यस्त हुँदै गएको छु।