काठमाडाैं, ५ माघ– गत वर्ष आयोजना भएको पहिलो फेस्टिभल सफलतापुर्वक पोखरामा सम्पन्न भएको थियो। ‘दोस्रो नेपाल फेस्टिभल’(निफ) काठमाडौंमा आयोजना हुने भएको छ।
फेस्टिभल फागुन ९गते देखि १३ गतेसम्म हुने बिहिबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराईएको छ। फेस्टिभलका संयोजक केपी पाठकले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन महत्वपुर्ण भूमिका खेल्ने बताए। उनका अनुसार, फेस्टिभलको जुरी कमिटीमा स्वदेशीसँगै विदेशी चलचित्रकर्मी पनि रहनेछन्।
यसपटक विभिन्न ३१ राष्ट्रका ५९ वटा चलचित्रहरु प्रदर्शनका लागि अन्तिम छनौटमा परेका छन्। यस प्रदर्शनमा ५९ मध्ये नेपालका १६ वटा चलचित्रहरु समावेश रहनेछन्। फेस्टिभलमा समावेश विदेशी चलचित्रमध्ये ३१ वटा शर्ट चलचित्रहरु छन् भने ६ वटा फिचर चलचित्र रहनेछन्। नेपाली चलचित्रहरुमा ६ वटा फिचर र १० वटा शर्ट रहेका छन्।
त्यस्तै नेपालले अन्तर्राष्ट्रिय सहकार्यमा बनाएका २ वटा शर्ट चलचित्रहरुपनि महोत्सवमा समावेश गरिएको छ। फेस्टिभललमा नयाँ फिल्ममेकर्सहरुका लागि अवसर प्रदान गर्ने उद्देश्यले प्रतिस्पर्धात्मक कथा वाचन कार्यक्रमको पनि आयोजना गर्न लागिएकाे छ। पत्रकार सम्मेलनमा उपस्थित वरिष्ठ चलचित्रकर्मी नीर शाहले चलचित्र महोत्सवले कलालाई तिखार्ने बताए।