काठमाडाैँ – पति निक जोनससँग रोमान्टिक मुडमा रहेकी चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाले स्विमिङ स्विटमा रहेको तस्विर इन्स्टाग्राममा शेयर गरेकी छिन्। उक्त शेयर गरेको फोटोमा उनी स्विमिङ सुटसँगै पिंक कलरको पञ्जामा देखिएकी छिन्।
उनीको यो फोटो शेयरको कारण अहिले ट्रोलको पात्र बनेकी छिन्। केही दिन अगाडी मियामीमा प्रियंकाले आमा र पतिको अगाडी धुम्रपान गरेर पनि ट्रोलको शिकार भएकी थिइन्। उनले आफ्नो ३७औं जन्मदिन पति निक जोनास र आमाको साथमा मनाएकी थिइन्।
धुम्रपान गरेको भाइरल भएसँगै अहिले भने उनी यस फोटोले गर्दा सामाजिक सञ्जालमा निकै ट्रोलको शिकार बनेकी छिन्। उनले इन्स्टाग्राममा शेयर गरेको तस्बिरमा थुप्रै कमेन्ट गरेका छन्।