धनगढी – कैलालीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्। पक्राउ परेका डोटीको बढिकेदार गाउँपालिकाका–५ का राजेन्द्र थापा र कैलालीको चुरे गाउँपालिका–१ का रामबहादुर विष्टलाई मंगलबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ।
उनीहरूलाई चितुवाको दुई थान छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए। प्रारम्भिक अनुसन्धानका क्रममा राजेन्द्र थापाले चितुवाको छाला बढिकेदार गाउँपालिकाबाट शिकार गरी विक्रि वितरणका लागि राम विष्टसँग सम्पर्कमा रहेको खुलेको प्रहरीले जनाएको छ।
बरामद भएको चितुवाको छालालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई जिम्मा लगाइएको छ।