काठमाडौँ – नजिकिदै गरेको हरितालिका तीज पर्वको अवसर पारेर ‘तीज माइती मेला तथा सम्मान २०७६’ कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रममा निश्चल बस्नेत र स्वस्तिमा खड्का सम्मानित हुने भएका छन्।
ललित ब्यूटिसियन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललित फरिया घरको आयोजनामा कर्यक्रम सञ्चालन हुने भएको हो। आयोजक संस्थाकी अध्यक्ष मिनाकुमारी रिमालका अनुसार साउन १६ गतेदेखि १८ गतेसम्म जावलाखेलमा रहेको स्टिल टावर अगाडिको चौरमा कार्यक्रम हुनेछ।
यो कार्यक्रममा नेपाली चलचित्रको क्षेत्रमा पुर्याएकाे योगदानको कदर गर्दै आर्दश जोडी सम्मान २०७६ बाट निर्देशक निश्चल र नायिका स्वस्तिमालाई प्रदान गरिनेछ। सम्मानसँगै तीज माइती मेला कार्यक्रममा स्टल, नाचगान, कस्मेटिक, लोकदोहोरीलगायत पनि हुने जनाएकाे छ।