काठमाडौँ – दुर्गेश थापाको स्वरमा ‘हामी पनि नाच्नु पर्छ बिच्च बिच्चमा (काँचो कटहर)’ बोलको नयाँ रकिङ तीज गीत सार्वजनिक भएको छ। दुर्गेश थापाको नै शब्द/संगीत रहेको गीतको मोडलिङमा दुर्गेशलाई ओवीआई, लोमश, प्रशान्त, अंकित र कुमारले साथ दिएका छन्।
तीज नजिकिँदै गर्दा चलनचल्तीमा आइरहेका गीतभन्दा केही फरक गरौं भन्ने हिसाबले उनले गीत रचना गरेका हुन्। शिव विकको निर्देशनमा तयार भएको गीतमा पूर्वीय र पाश्चात्य शैलीको फ्युजन गरेर मौलिक परम्परा पनि नमर्ने साथै आधुनिकताको पनि समिश्रण भएको पाइन्छ। अजय रेग्मीले छायाङ्कन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन्।