काठमाडौँ, ५ माघ – हिन्दी गीत ‘कुच तो हे’मा नेपाली मोडल सृष्टि खड्काले अभिनय गरेकी छन्। भिडियोमा सृष्टि र समिम खानलाई देख्न सकिन्छ।
सृष्टिले थुप्रै नेपाली म्युजिक भिडियोहरूमा पनि अभिनय गरेकी छन्। उनी अभिनित ‘कुच तो हे’मा गायिका ज्योति कातन्गरी र यसर देसैको स्वर रहेको छ। गायिका ज्योतिले बलिउड फिल्महरूमा पनि आवाज दिइसकेकी छन्।
अजय जैसवालको सङ्गीत रहेको ‘कुच तो हे’मा राशी महेश्वरीको शब्द रहेको छ। यो गीतलाई जी म्युजिक कम्पनीले सार्वजनिक गरेकाे हाे।स्वप्निल जैसवालको निर्देशन रहेको गीतलाई पवन गौतमले छायाङ्कन गरेका हुन्। गीतमा कृष्ण रसलको कोरियोग्राफी र हैदिक सिंह रानाको सम्पादन रहेको छ।
https://youtu.be/HKd2QDu-BGg