काठमाडाैँ – चर्चित बलिउड अभिनेत्री शिल्पा शेट्टी १३ वर्षपछि पर्दामा देखिने भएकी छिन्। विगत लामो समयदेखि पर्दामा नदेखिएको शिल्पा अहिले ‘निकम्मा’ भन्ने फिल्मबाट ‘कमब्याक’ हुन लागेकी हुन्।
भारतीय सञ्चार माध्यमका अनुसार ४४ वर्षीया शिल्पा अभिनेता अभिमन्यू दसानी र अभिनेत्री शर्ली सेतियाका साथ फिल्ममा देखिने भएकी छिन्।
यस फिल्मलाई सब्बिर खानले निर्देशन गर्ने भएको छ। शिल्पाले यसअघि भारतीय चर्चित च्यानल सोनीमा आउने रियालिटी शो ‘सुपर डान्सर’मा जजको रुपमा सक्रिय थिइन्। शिल्पाले अन्तिम पटक २००७ मा फिल्म ‘अपने’ र ‘लाइफ अन अ मेट्रो’ मा देखिएकी थिइन्। एजेन्सी