काठमाडाैँ – भारतीय चर्चित रियालिटी शो ‘डान्स इन्डिया डान्स’को साताैँ सिजनको निर्णायकमा करीना कपुर हुने भएकी छिन्। यस शोका साथसाथै उनले लिएको पारिश्रमिकले निकै चर्चा पाएको छ। भारतीय सञ्चार माध्यमका अनुसार उनले एक सिजन शोको लागि ८० करोड माग गरेको र माग अनुसार नै सम्झौता भएको खबर बाहिरिएको छ।
करीना कपुर बलिउड फिल्मका एक चर्चित नायिका हुन्। अहिले भने उनीले यो वर्ष जी टिभिमा आउने रियालिटी शोमा निर्णायकको काम गर्ने भएकी छिन्। खबर अनुसार यस शोमा सबैभन्दा धेरै रकम लिनेमा पहिलो कलाकार परेकी छिन्। तीन महिना समयावधी चल्ने यो शोमा उनी निर्णयकका रुपमा भूमिका निर्वाह गर्ने छिन्। साथै उनी यसै कार्यक्रममार्फत टेलिभिजन कार्यक्रमहरुमा पनि डेब्यु गर्दैछिन्।
करीना कपुर शो को साथसाथै फिल्मको शुटिङमा पनि व्यस्त रहन्छिन्। हालै उनले इरफान खानकी फिल्म ‘अंग्रेजी मिडियम’ को शुट लन्डनमा पूरा गरेकी छिन्। उनी आफ्नो व्यवसायीक जीन्दगी सँगसँगै आफ्नो व्यक्तिगत जीन्दगी पनि धेरै राम्रोसँग सम्हाल्ने गर्छिन्।(एजेन्सीको सहयोगमा)