काठमाडौँ - भारतीय फिल्मकी चर्चित नायिका काजोलको आज जन्मदिन रहेको छ। यस खुशीको मौकामा उनका पति अर्थात चर्चित नायक अजय देवगणले उनलाई फरक शैलीमा जन्मदिनको शुभकामना व्यक्त गरेका छन्।
अजय देवगणले सामाजिक सञ्जाल इन्स्टाग्राममा काजोल निदाइरहेको फोटो हाल्दै स्टाटस लेखेका छन् कि ‘उठ, तिमीलाई अहिले सुन्दर निद्रा आवश्यक छैन।’ यस स्टाटसको जवाफ पनि काजोलले त्यही ढङ्गमा दिएकी छिन्। काजोलले लेखेकी छिन्, ‘अरे म उठेको नै छु, आज छोरा युगको स्कुल छैन, सबै ठाउँमा आज छुट्टीको समय छ।’
काजोल र अजय देवगणले १९९९ मा विवाह गरेका हुन्। दुई जनाको जोडी भारतमा निकै चर्चा र एक उदाहरणीय जाेडी पनि बनेकाे छ। काजोल दुई सन्तानकी आमा पनि हुन्। उनीहरूका एक छोरी र एक छोरा रहेका छन्। (एजेन्सी)
https://www.instagram.com/p/B0w8aPXJB3U/?utm_source=ig_embed