काठमाडौँ – लन्डनमा सोथबी ग्यालरीले नयाँ प्रदर्शन गर्ने भएको छ। प्रदर्शनीमा पुराना फिल्महरुको पोस्टरलाई बिक्रीमा राखिनेछ।
२ सेप्टेम्बरसम्म चल्ने यो प्रदर्शनीमा सन् १९३३ मा बनेको फिल्म किङकङको फ्रेन्च पोस्टर पनि राखिँदै छ। सो पोस्टर लिलामीमा पनि राखिने ग्यालरीले जनाएको छ। त्यसको मूल्य कम्तिमा पनि ६० हजार अमेरिकी डलर हुने बताइएको छ।
प्रदर्शनीमा लिलामीको प्रक्रिया भने २३ अगस्टबाट शुरु हुनेछ। प्रदर्शनीमा अन्य १ सय ९० विभिन्न कलाकृतिहरु पनि राखिने जनाइएको छ। (एजेन्सी)