काठमाडौँ – पहिलोपटक ‘फेसन एन्ड मोडल अवार्ड–२०१९’ आयोजना हुने भएको छ। प्याजेन्ट नेपाल इन्टरनेसनलले पहिलोपटक यो कार्यक्रम गर्न लागेको हो।
साउन २३ गते विहीबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा मोडलिङ क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई पुरस्कृत गरिने आयोजक संस्थाका निर्देशक मिथुन थापाले बताए। उनले भने, ‘नेपालमा कला, साहित्य तथा मनोरञ्जन क्षेत्रका अधिकांश विधामा अवार्ड समारोह आयोजना हुने भए पनि फेसन तथा मोडलिङ क्षेत्रमा अवार्ड कार्यक्रम भएका छैनन्। फेसन, मोडलिङ क्षेत्रको रौनक बढाउन यो समारोह आयोजना गर्न लागिएको हो।’
उत्कृष्ट कोरियोग्राफर, उत्कृष्ट फेसन डिजाइनर, उत्कृष्ट फेसन कोरियोग्राफर, उत्कृष्ट मेकअप आर्टिष्ट, उत्कृष्ट हेयर डिजाइनर, उत्कृष्ट फेसन पत्रकार, उत्कृष्ट अन्तर्राष्ट्रिय नेपाली मोडल, उत्कृष्ट कार्यक्रम आयोजक,उत्कृष्ट कार्यक्रम निर्देशक, उत्कृष्ट कार्यक्रम प्रवन्धक, उत्कृष्ट महिला तथा पुरुष मोडल, उत्कृष्ट फेसन फोटोग्राफर विधामा अवार्ड प्रदान गरिने भएको छ।
समारोहमा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अनुहारहरु करिश्मा मानन्धर, रमेश उप्रेती, अञ्जु पन्त, आनन्द कार्की, धीरज राई आदिको सहभागिता रहनेछ।